Connect with us
Kapilvast Forest

वीरगन्जका विद्यालय बन्द नहुने

२०७७, १७ चैत्र मंगलवारमा प्रकाशित

SCHOOL

वीरगन्ज –देशैभर बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै सरकारले शनिबार सम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपनि वीरगन्जका शैक्षिक संस्थाहरु बन्द नहुने भएका छन् ।

वीरगन्जमा , देशका अन्य स्थान जस्तै वायु प्रदूषणको प्रतिकुल असर नपरेकोले वीरगन्जका सामुदायिक र निजि विद्यालयहरु बन्द नगर्ने वीरगञ्ज महानगरपालिकाले निणर्य गरेको हो ।वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले यहाँका विद्यालय बन्द गर्नुपर्ने आवश्यकता नदेखिएकोले यस्तो निर्णय गरिएको बताउनुभयो ।

सरावगीले काठमाडौँलगायत देशका अन्य स्थान जस्तै वायु प्रदूषणले गर्दा घर बाहिरै ननिस्किनु पर्ने अवस्था अहिले वीरगञ्जमा सृजना नभएकोले पठनपाठन सुचारु राख्न निर्णय गरिएको जानकारी दिनुभयो ।

वायु प्रदूषणको प्रभाव वीरगञ्जमा नभएका कारण बिद्यालय संचालन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । उहाँले आज सम्म प्रदेश २ सरकारले होली पर्वको विदा दिएको कारणले बुधबार देखि नियमित समयमा विद्यालय सञ्चालन गर्न आग्रह गरिसकिएको बताउनुभयो । विद्यालय सञ्चालन गर्दा अनिवार्य रुपले विश्व स्वास्थ्य सङ्गठनले निर्देशित गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu