Connect with us
Kapilvast Forest

अन्तरपार्टी निर्देशिका जारी गर्दै कार्यकर्तालाई ओलीले दिए यस्तो निर्देशन (पूर्णपाठ)

२०७७, १७ चैत्र मंगलवारमा प्रकाशित

 

काठमाडौं – नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकर्तालाई जुनसुकै बेला निर्वाचनमा जान तयार रहन निर्देशन दिनुभएको छ ।

चैत १३ गते जारी अन्तरपार्टी निर्देशनमा अध्यक्ष ओलीले जुनसुकै बेला निर्वाचनमा जान तयार रहनेगरी क्रियाशील हुन निर्देशन दिनुभएको हो ।

अन्तरपार्टी निर्देशनमा ओलीले भन्नुभएको छ , ‘संसदको पहिलो बैठकको परिदृश्य र त्यस यताका घटनाक्रमले ताजा जनादेशको आवश्यकता र औचित्यलाई पुष्टि गर्दै लगेको छ ।

अदालतको आदेशलाई कार्यान्वयन गर्दै विद्यमान राजनीतिक शक्ति सन्तुलनभित्रै राजनीतिक स्थायित्व र स्थिरताका लागि आफूहरुको प्रयास केन्द्रित हुने तर सबै विषय आफ्नो इच्छा वा निर्णयमा मात्र निर्भर नहुने पनि ओलीले प्रस्ट पार्नु भएको छ ।

‘सरकारमा रहँदा जनता र देशको हितमा अधिकतम परिणाम दिने गरी काम गर्ने प्रतिरक्षामा रहनु परे तदनुरुपकै प्रभावकारी भूमिका खेल्ने र जनुसुकै पनि बेला निर्वाचनमा जान तयार रहने गरी हाम्रो पार्टी पङ्क्ति क्रियाशील हुनु पर्छ,’ निर्देशनमा भनिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu