Connect with us
Kapilvast Forest

ओलीका मान्छेहरु राज्य दोहनमा पारङ्गत:घनश्याम भुसाल

२०७७, १७ चैत्र मंगलवारमा प्रकाशित

ghanshyam

काठमाडौ-नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहमा लागेकाहरू छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारङ्गत भएको गम्भीर आरोप लगाउनुभएको छ ।

‘तपाईंसँग असहमत दोश्रो पुस्तालाई त तपाईंले किनारा लगाई नै सक्नुभएको छ र कोही बाँकी भए तिनलाई पनि तपाईंले क्रोध र बदलाका साथ गुटबन्दीको सहारामा किनारा लगाउनु नै हुन्छ । तपाईंसँग अहिले दोश्रो पुस्ताको जुन समूह छ त्यसमध्ये केहि धेरै अगाडिदेखि नै छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारङ्गत भैसकेका छन्’, भुसालले मङ्गलबार ओलीले सोधेको स्पष्टीकरणमा जवाफ दिँदै भ न्नुभउको छ । उहाँले ओलीका मान्छेहरुले राजनीतिको व्यापार गरेको पनि दाबी गनुृ भएको छ ।

पार्टीमा राजनीतिक आदर्शले प्रेरित हुँदै सङ्घर्ष गरेर आएका नेता कार्यकर्ताको पंक्ति पनि ठूलो भएको भन्दै भुसालले तिनले स्वतन्त्रतापूर्वक विकास गर्न पाएको भए अहिले नेपाली राजनीतिमा एउटा बलियो नयाँ पुस्ता आउँथ्यो भ न्नुभएको छ । उ उनीहरुको सिर्जना, स्वत्व, प्रतिबद्धता सबै गुम्दै गैरहेको छ ।’

ओलीका मान्छेहरुले देखेको बोल्न नसक्ने र झूटा कुरा पनि थाहा हुँदाहुँदै बोल्दै हिँडेको टिप्पणी गर्नु भएको छ ।व्यक्तित्व पनि विभाजित व्यक्तित्व बन्दैछ । सोच्ने एक थोक, बोल्ने अर्को थोक र गर्ने अझै अर्को थोक हुन जाँदा व्यक्तित्व विघटित हुन्छ र नक्कली व्यक्तित्व बन्छ । यसरी सत्ताले नक्कली व्यक्तित्वहरुको झुण्ड तयार गर्छ । तपाईंको सत्ताले पार्टीमा यस्ता नयाँ मानिसहरु जन्माउँदै छ जसको योग्यता आदेश तामेल गर्ने मात्रै हो,’ भुसालको ठहर छ । लाखौँ सदस्यको नाम, इज्जत, पहिचान भएको पार्टी अहिले ‘एकमना’ पार्टीमा बदलिँदै गएको पनि उहाँको ठहर छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu