Connect with us
Kapilvast Forest

होलीको दिन कपिलवस्तुमा एक यूवाको हत्या

२०७७, १७ चैत्र मंगलवारमा प्रकाशित

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

कपिलवस्तु – होलीको उमंगकै बीच कपिलवस्तुमा एक यूवाको हत्या भएको छ । दिनभर होली खेलेर साझ राजापानी स्थित होटलमा नास्ता खाएका उनी राती अवेर सम्म खानपान र मनोरञ्जनमा रहेका थिए । बाणगंगा ३ गजेहडा गंगोलियाका उनी अन्दाजी २४ वर्षका यूवा हुन् ।

कोपिल बेल्वासे नाम गरेका उनी ३ दिनपछि बैदेशिक रोजगारीमा जानेगरी प्लेन टिकट लिएको पारिवारीक श्रोतले वतायो । राती १२ वजेतिर राजापानी नजिक आफ्नो प्रमीकाले फोन गरेर भेट्न वोलाएको भन्दै साथीहरुवाट वाहिरिएका थिए ।

उनी आज विहान मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यलय पिपराको भनाइछ । हातखुटटा वाधिएको र शरिरका विभिन्न भागमा हतियारले काटिएको अवस्थामा उनी भेटिएको वताइएको छ । प्रहरीले उनीसंगै होटलमा वसेर खानपिन गरेका ३ जनालाई नियन्त्रणमा लिएर छानविन शुरु गरेको वताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu