Connect with us
Kapilvast Forest

विश्वकप फुटबल छनौटमा पोर्चुगलद्वारा लक्जेम्बर्ग पराजित

२०७७, १८ चैत्र बुधबारमा प्रकाशित

एजेन्सी -विश्वकप फुटबल छनोट अन्तर्गत युरोपेली समूहका खेलहरुमा पोर्चुगल, बेिल्जयम, नेदरल्याण्ड्स र क्रोएसिया विजयी भएका छन् ।गएराति लक्जेम्बर्गमा भएको खेलमा भ्रमणकारी टोली पोर्चुगल ३–१ ले विजयी भयो । यही समूहको अर्को खेलमा सर्वियाले अजरबैजानलाई २–१ ले पराजित ग¥यो ।

विश्वकप फुटबल छनौट युरोपेली समुह ‘इ’ को खेलमा बेल्जियमले बेलारुसलाई ८–० को फराकिलो अन्तरमा हराउँदा वेल्सले चेक रिपब्लिकमाथि १–० को जित निकाल्यो ।

समूह ‘जी’ को खेलमा नेदरल्याण्ड्सले जिब्रल्टारलाई ७–० ले पाखा लगाउँदा नर्वेले मोन्टेनेग्रोलाई १–० ले हरायो ।यही समूहको अर्को खेलमा टर्की र लात्भियाले ३–३ गोलको बराबरी खेलेका छन् ।

यसैगरी समुह एच को खेलमा क्रोएसियाले माल्टालाई ३–० ले हराउँदा स्लोभाकियाले रुसलाई २–१ ले तथा साइप्रसले स्लोभेनियालाई १–० ले पाखा लगायो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu