थ्री नेसन्स कप फुटबल विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार
काठमाडौं -अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन देशियकप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ ।एन्फाले आज विज्ञप्ति मार्फत उपाधि विजेता टोलीका सदस्यलाई जनही १÷१ लाख पुरस्कार दिने जानकारी गराएको हो । दशरथ रंगशालामा हिजो भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।
नेपालले घरेलु मैदानमा ३७ वर्षपछि उपाधि जितेको हो । यसअघि घरेलु मैदानमा भएको सन् १९८४ को पहिलो सागमा नेपालले फुटबलमा स्वर्ण जितेको थियो ।