Connect with us
Kapilvast Forest

सहकार्यमा अगाडि बढ्न तयार छु : मुख्यमन्त्री राई

२०७७, १८ चैत्र बुधबारमा प्रकाशित

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको लगानीमा सञ्चालनमा हुने विग प्रोजेक्टहरूमा नगर विकास कोषको सहकार्यका लागि आतुर रहेको बताउनु भएको छ ।

विराटनगरमा आज (बुधबार) नगर विकास कोष नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रम प्रादेशिक कार्यशाला गोष्ठीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशमा सञ्चालनका तयारीमा रहेका विग प्रोजेक्टहरुमा नगर विकास कोषसँगको सहकार्यमा अगाडि बढाउन तयार रहेको बताउनु भयो ।

त्यसका लागि आवश्यक सहयोग गर्न पनि मुख्यमन्त्री राईले नगर विकास कोषसँग आग्रहसमेत गर्नु भयो ।कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले आगामी चार वर्षभित्र सबै नगरपालिकामा सहकार्य गर्ने रणनीति रहेको बताउँदै पछाडि रहेका नगरलाई विशेष प्राथमिकताका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu