Connect with us
Kapilvast Forest

लुम्विनीको १५ हजार हेक्टर बन डढेलोले सखाप

२०७७, १९ चैत्र बिहीबारमा प्रकाशित

 

बुटवल -लुम्बिनी प्रदेशभर १५ हजार हेक्टर वनमा लागेको डढेलोले सखाप पारेको । लुम्विनी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले दिएको तथ्याङ्क अनुसार हालसम्म प्रदेशको १५ हजार ३ सय ४९ हेक्टर वनमा डढेलो लागेको छ । मन्त्रालयका वातावरण महाशाखा प्रमुख डिलाराम पौडेलले लामो समयदेखि पानी नपरेका कारण सुख्खापन बढ्दै गएकाले डढेलो लागेको बताए । ‘अघिल्लो बर्ष पानी परिरहेको थियो, तर यसपटक त्यसो भएन,’ उनले भने–‘वन निकै सुख्खा हुँदै गएकाले डढेलो अनियन्त्रित बनेका छन् ।’

मंगलबारसम्म मन्त्रालयले प्रदेशका १४ वटा वन डिभिजन कार्यालयबाट संकलन गरेको तथ्याङ्क अनुसार अहिले प्रदेशका १२ वटै जिल्लाका विभिन्न १८ वटा स्थानमा डढेलो लागिरहेको छ । ‘कहिलेसम्म नियन्त्रणमा ल्याउन सकिन्छ भनेर यसै भन्न सक्ने अवस्था छैन, पानी पर्‍यो भने आफैं निभ्छ,’ वातावरण महाशाखा प्रमुख पौडेलले बताए । तथ्याङ्क अनुसार सबैभन्दा ठूलो क्षेत्रमा डढेलो लागेको जिल्ला अर्घाखाँची हो । जिल्लामा अहिले नौ हजार ६ सय ७० हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको छ । त्यसपछि रुपन्देहीमा दुई हजार ४५, नवलपरासीमा एक हजार ९४, अर्घाखाँचीमा ९६७, पाल्पामा ६ सय २९ कपिलवस्तुमा पाँच सय ९७, दाङमा चार सय ५३, प्युठानमा तीन सय ९६, बर्दियामा एक सय ६०, रोल्पामा एक सय ५०, गुल्मीमा एक सय २५, रुकुममा २० र बाँकेमा एक सय ६० हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ ।

मन्त्रालयले ‘पछिल्ला केही बर्षहरुकै सबैभन्दा धेरै डढेलो लागेको’ बताएपनि अघिल्ला बर्षहरुको तथ्याङ्क नहुँदा यकिन विष्लेशण भने गर्न कठिन छ । तैपनि, वन डिभिजन कार्यालयहरुले मन्त्रालयलाई गरेको ‘व्रिफिङ् अनुसार अहिलेको डढेलो अनियन्त्रित बन्दै गएको थाहा भएको’ वातावरण महाशाखा प्रमुख पौडेलले बताए ।

पछिल्ला केही दिनदेखि वायु प्रदूषण निकै छ । जल तथा मौसम विज्ञान विभागले ‘डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा संचित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको’ बताएको छ । हावाको गुणस्तर मापन गर्ने अन्तराष्ट्रिय कम्पनी ‘आईक्युएअर’का अनुसार बुटवललगायतका लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा अहिले वायुप्रदूषण अत्यधिक छ । ताजा तथ्याङ्क अनुसार अहिले अपराह्न ३ः४५ मा बुटवलको हावा मानवस्वास्थ्यका लागि अस्वस्थकर९१७५ युएस एक्यूआई० छ । हिजो दिनभरको औषत एक्युआई २६१ थियो ।

प्रदेश सरकारसँग डढेलो रोक्नका लागि यसअघि गरिएको पूर्वतयारी बाहेक अरु थप योजना नै छैन । यसअघि जिल्लाका वन डिभिजन कार्यालयलाई दिएका अग्नि नियन्त्रक यन्त्र तथा स्थानीय स्तरमा गठन गरिएका अग्नि नियन्त्रण सञ्जालले यती धेरै क्षेत्रफलमा लागेको डढेलो निभाउन सहज नभएको मन्त्रालयको भनाई छ । ‘अघिल्लो बर्ष पानी परिरहेकाले ठूला डढेलो लाग्न पाएनन्, बुट्यानहरु धेरै फैलिएका थिए,’ महाशाखा प्रमुख पौडेलले भने–‘पानी नपर्दासम्म डढेलो अनियन्त्रित नै रहन्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu