Connect with us
Kapilvast Forest

अज्ञात समुहले गोली चलाउदाँ महोत्तरीमा एक युवक घाइते

२०७७, १९ चैत्र बिहीबारमा प्रकाशित

goli

काठमाडौं- महोत्तरीको औरहीमा अज्ञात समुहको गोली लागेर एक युवक घाइते भएका छन् ।औरहीको बैरियामा अज्ञात समूहले चलाएको गोली लागेर बर्दिवास नगरपालिका १ निवासी ३० बर्षीय रोशन कोइराला घाइते भएका छन् ।

उनलाई उपचारका लागि बर्दिबासस्थित जनसेवा हस्पिटलमा राखिएको र थप उपचारका लागि काठमाडौं लग्ने तयारी भईरहेको बर्दिवास नगरपालिका १ का वडाध्यक्ष चुडामणी पोखरेल ९श्रृषि०ले जानकारी दिनु भयो ।

घाइते कोइरालाको अवस्था सामान्य रहेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu