नेपालमा आजकल विद्वान र नैतिकवानमाथि कारबाही हुन्छ:भट्टराई
काठमाडौँ — नेकपा (एमाले) सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय धनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरेको कारबाहीलाई भद्दा मजाकको संज्ञा दिनुभएको छ । अध्यक्ष ओलीले भुसाल र पाण्डेलाई कारबाही गरेपछि असन्तुष्टि जनाउँदै भट्टराईले नेपालमा विद्वान, इमान्दार र नैतिकवानहरुमाथि कारबाही हुने गरेको टिप्पणी गर्नु भएको छ ।
भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ , ‘ॠषिमुनि र बुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल स् विद्वान, इमान्दार र नैतिकवानहरुमाथि कारबाही हुन्छ । मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् । कमरेड धनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ ।’