Connect with us
Kapilvast Forest

समर्थन फिर्ता लिइदेऊ, अनि राजीनामा आइहाल्छ नि : ओली

२०७७, २१ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रले आफूलाई दिएको समर्थन फिर्ता लिन नसकेको भन्दै व्यङ्य प्रहार गर्नु भएको छ ।

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै उहाँले भन्नुभयो , ‘दिनदिनै एउटा न एउटाले राजीनामा माग्छ। म दिनदिनै राजीनामा दिन त सक्दिनँ नि ?ओलीले माओवादीलाई दिएको समर्थन फिर्ता लिन नसक्नेले राजीनामा मागिराख्ने भनेर प्रश्नसमेत गर्नु भएको छ ।

उहाँले भन्नुभयो , ‘मैले अविश्वासको प्रस्ताव ल्याएर हटाउन सक्छौ भने हटाऊ भनिरहेकै छु। समर्थन फिर्ता पनि नलिने अनि राजीनामा मागिराख्ने। समर्थन फिर्ता लिऊन् राजीनामा आइहाल्छ नि?

उहाँले मेलम्ची आउँदा समाचार नबनाउने मिडियाले आफ्नो राजीनामा माग्दा समाचार बनाएको भन्दै मिडियाहरु प्रति असन्तुष्टि व्यक्त गर्नु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu