Connect with us
Kapilvast Forest

मेयरकप क्रिकेट : एपीएफले प्रदेश एकलाई हरायो

२०७७, २१ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं – पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा एपीएफले प्रदेश एकलाई हराएको छ ।

त्रिवी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले प्रदेश एकलाई आठ विकेटले हराएकाे हाे । प्रदेश एकले दिएको एक सय सात रनको लक्ष्य एपीएफले १८ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि सीता रानामगरले ५२ र ज्योति पाण्डेले ३२ रन बनान् ।

यसअघि पहिले ब्याटिङ गरेको प्रदेश एकले रुबिना क्षेत्रीको ४५ रन मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu