निर्धन उत्थान कर्मचारी समितीको अध्यक्षमा भण्डारी निर्बिरोध चयन
झबिन भण्डारी , बागलुङ- निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड मा रहेको एक मात्र कर्मचारी युनियन प्रदेश न ७ सुदुरपश्चिम कर्मचारी समिति को अधिबेशन आज चैत्र २१ गते सम्पन्न भएको छ।
निबर्तमान प्रदेश कमिटी अध्यक्ष अजय रसायलिको अध्ययक्षता, केन्द्रीय समिती अध्यक्ष भोजबहादुर लामिछाने को प्रमुख आतिथ्यता, बरिष्ठ उपाध्यक्ष महेन्द्र चौधरी को बिशिस्ट आतित्यथा ,निर्धन उत्थान लघुबित्त क्षेत्रीय प्रमुख गोकर्ण उपाध्य्याय , केन्द्रिय समिती महासचिव कुशलबाबु नेपाल को बरिस्ठ आथित्यता, केन्द्र समिती सचिब जिबु प्रकाश सुवेदी,केन्द्रिय समिती सचिब बखत रावल,केन्द्रिय समिति केषाअध्ययक्ष कृष्ण राना ( स्ट्रगल),केन्द्रिय सदस्य विशाल भुसाल, पुर्ब केन्द्रिय सदस्य सन्तोष आचार्य, क्षेत्रीय समिती ५ का पुर्ब अध्यक्ष शकर पाण्डे लगायत विभिन्न शाखा प्रमुख, पुर्ब कर्मचारी समिति मा आबद्ध ब्यत्तिहरुको आतित्यथा मा कार्यक्रम सम्पन्न भएको थियो ।
सुदुरपश्चिम को कैलाली जिल्लाको अतरिया मा भएको अधिबेशन बाट छत्र बहादुर भण्डारी को अध्यक्ष मा ११ सदस्यीय सुदुरपश्चिम प्रदेश समिती गठन भएको छ। छैठौं अधिबेशनमा सर्बसहमतिमा अध्यक्ष चयन भएका भण्डारी निबर्तमान समितिका सचिब रहनुभएको थियो । त्यस्तै उपाध्यक्षमा दिब्यश्वर अबस्ती, सचिब मा लोकेश अधिकारी, सह( सचिब मा परेकराज सन्जाल, कोषाध्यक्षमा लक्ष्मी प्रसाद रेग्मी सदस्यहरु नरेन्द्र बहादुर थापा, चिन्टु सिह, राम बहादुर खडका, धनबहादुर सहकारी , मन्जु पङेनी, चन्द्र शेखर बोहोरा रहनुभउको छ ।
कार्यक्रममा बक्ताहरुले आगामी दिनमा अझ कर्मचारी समितिलाइ मजबुत बनाएर समग्र कर्मचारी को हकहितपूरा गर्न लागिपर्न नया निर्बाचित पदाधिकारी तथा सदस्य मा सफल कार्यकाल को शुभकामना ब्यत्त गरेका थिए । ।