Connect with us
Kapilvast Forest

नव नियुक्त राजदूत डा. विश्वकर्मालाइ कपिलवस्तुमा सम्मान

२०७७, २१ चैत्र शनिबारमा प्रकाशित

केशव बेल्वासे, कपिलवस्तु- दक्षिण अफ्रिकाका लागि नेपालको राजदूतमा नियुक्त डा. निर्मलकुमार विश्वकर्मालाई आज एक कार्यक्रमका बिच शुभकामना सहित सम्मान तथा बधाइ ज्ञापन गरीएको छ ।

दलित सशक्तिकरण सस्था, सहज नेपाल दलित सामाजिक विकाश केन्द्र, विजयनगर समाज, दलित अधिकार संगठन, रेडियो भ्वाईस, वाणगंगा दलित समाज कल्याण सघं, फेडा कपिलवस्तु लगायत कपिलवस्तुका विभिन्न सघं सस्थाको आयोवनामा नव नियुक्त राजदूत विश्वकर्मालाई आज गोरुसिंगेमा सम्मान तथा बधाइ ज्ञापन गरीएको हो ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ का विश्वकर्माले काठमाडौं विश्वविद्यालय र स्विट्जरल्याण्डको ज्युरिच विश्वविद्यालयबाट (संयूक्त) फुड मुभमेन्टमा पिएचडी गरेका छन्। कार्यक्रममा नव नियुक्त राजदूत विश्वकर्माले आपनो कार्यकालमा नेपाल र अफ्रिकाको सम्बन्ध प्रगाढ बनाउनमा भुमिका खेल्ने, व्यापार, पर्यटन, रोजगार जस्ता क्षेत्रको विकाशमा पनि आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस्तै रगं भेदको सफल अभ्यास नेपालमा ल्याउने, उच्च शिक्षामा दलित समुदायको सहभागितामा जोड दिने बताउनु भयो ।

दलित मुस्लिम र पिछडिएको वर्गलाई मुलधारमा समाहित गर्न पनि पहल गर्ने राजदूत विश्वकर्माले बताउनु भएको छ । यस्तै संविधान सभा सदस्य शान्ति देवि हरीजनले दलित समुदायबाट नेतृत्व गर्दै यहाँसम्म पुग्नु गर्वको कुरा भएको बताउनु भयो । दलित पछाडि परेको नभएर पछाडि परीएको हुदा अब अगाडि आउनु पर्ने बताउनु भयो ।

सरकारले पनि जात जति बिच समानता कायम गर्नका लागी राजदुतमा विश्वकर्मालाई सिफरीस गरेको हरीजनले बताउनु भयो । डा. निर्मलकुमार विश्वकर्मा दलित समुदायबाट राजदूत बन्ने तेस्रो व्यक्ति र कपिलवस्तु जिल्लामा दलित समुदायबाट विद्याबारिधि गर्ने पहिलो व्यक्ति भएको शिवराज नगरपालिका कार्यपालिका सदस्य सि वि गहतराजले बताउनु भयो ।

दलित समुदायबाट नेतृत्व गर्दै महामहिम जस्तो पदमा गईसकेपछि दलितका समस्या क्रमिक रुपमा समाधान हुदै जाने बताउनु भयो । राजदूत विश्वकर्माले कुटनितिक सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै सफल कार्यकालको सुभकामना व्यक्त गर्नुभएको छ ।

दलित शसक्तिककरण सस्थाका अध्यक्ष डम्वर सिंह सुनार लगायत कार्यक्रममा बोल्ने अधिकाम्स वक्ताहरुले नव नियुक्त राजदूत डा. निर्मलकुमार विश्वकर्माको सफल कार्यकालको सुभकामना सहित बधाई ज्ञापन गरेका थिए । दलित शसक्तिककरण सस्थाका अध्यक्ष डम्वर सिंह सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहज नेपालका अध्यक्ष संजिव गहतराजले गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu