झलनाथ खनालको निवास पुगेर राष्ट्रपतिको आग्रह–एकता कायम राख्नुस्
काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले एकता कायम गरेर अघि बढ्न एमाले नेता झलनाथ खनाललाई आग्रह गर्नु भएको छ ।खनालको निवास पुगेर राष्ट्रपतिले यस्तो आग्रह गर्नु भएको छ ।
एमाले विभाजनको संघारमा पुगेका बेला राष्ट्रपतिले एकताको आग्रह गर्दै दौडधुप बढेको हो ।“उहाँले पार्टी एकता कायम होस्, लोकतन्त्र सुदृढ भएर जाओस् भन्नुभयो,” खनालले भन्नु भयो ।राष्ट्रपति खनाल निवासमा करिब एकघण्टा बस्नु भएको थियो ।