Connect with us
Kapilvast Forest

जानकीदेवी रामद्वारा प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ

२०७७, २२ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं-जानकीदेवी रामले आज प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएकोछ । गोलबजार नगरपालिका–१ सिराहाकी उहाँलाई सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न (लोगो) प्रदान गरी सफल कार्यकालका लागि शुभकामना तथा बधाई ज्ञापन गर्नुभयो । नेकपा (एमाले) सांसद सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा जानकीदेवी चयन हुनुभएको थियो ।

सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त थियो ।निर्वाचन आयोगले उहाँ समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu