Connect with us
Kapilvast Forest

चिनियाँ खोप २५ गतेदेखि लगाउने निर्णय

२०७७, २३ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं – सरकारले चिनियाँ खोप ‘भेरोसेल’ यही चैत २५ गतेदेखि प्रयोगमा ल्याउने निर्णय गरेको छ ।चीन सरकारले केही पहिले ८ लाख डोज कोरोना खोप ‘भेरोसेल’ नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।

यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथै हिमालय सीमापार व्यापार गर्नेहरु र चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अत्यावश्यक सेवामा स्वास्थ्य, खानेपानी, दुग्ध पदार्थ वितरणलगायत पर्छन् ।चिनियाँ कम्पनीले उत्पादन गरेको खोप ‘भेरोसेल’ नेपालमा प्रयोगका लागि औषधि व्यवस्था विभागले ४ फागुनमै आपतकालीन प्रयाेगकाे लागि अनुमति दिइसकेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu