Connect with us
Kapilvast Forest

रंगशाला निर्माणकोलागि बुद्धभुमि र बाणगंगामा १ लाख ५ ५हजार बढी सहयोग जुट्यो ,आज शिवराजमा आउने धुर्मुस सुन्तली फाण्डेसनको टोली

२०७७, २३ चैत्र सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिकाको डुमरा बस्ने राजेन्द्र आचार्य र उहाँको परिवारले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानको लागि १ लाख ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

रंगशाला निर्माणको लागी रकम अभाव भएपछि चैत्र १० गते देखि मेचि-महाकाली अभियानमा हिडेको टोली अहिले कपिलवस्तुमा छ । सोही क्रममा आइतबार सो परिवारले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई सो रकम हस्तान्तरण गरिएको हो ।त्यीतै

चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि भन्दै बाणगंगा २ पिपरामा रहेको हिलवर्ट इङलिस बोर्डिङ स्कुलले ५१ हजार बढी सहयोग गरेको छ ।
चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय कृकेट रंगशाला निर्माणका लागि आबश्यक रकम जुटाउन मेचीमहाकाली अभियान मा जुटेको धुर्मुस सुन्तली फाउन्डेसनको टिम आज बिहान ८स्३० बजे शिवराज नगरपालिका चन्द्रौटा कपिलवस्तु मा आउने भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu