Connect with us
Kapilvast Forest

उपत्यकाबाहिरबाट काठमाण्डौ प्रवेश गर्दा एन्टिजेन परीक्षण अनिवार्य

२०७७, २३ चैत्र सोमबारमा प्रकाशित

kaathmandu

  काठमाडौं– उपत्यकाबाहिरबाट काठमाण्डौ जिल्ला प्रवेश गर्नुअघि एन्टिजेन परीक्षण अनिवार्य भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति काठमाण्डौको बैठकले काठमाण्डौ जिल्ला प्रवेश गर्ने नाकाहरूमा एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने निर्णय गरेको काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिनुभयो ।

एन्टिजेनमा नेगेटिभ आएको तर कोरोनाको लक्षण भएका व्यक्तिको पीसीआर परीक्षणका लागि नमुना सङ्कलन गर्ने पनि बैठकले निर्णय गरेकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार काठमाण्डौ प्रवेश गर्ने नाकाहरू नागढुङ्गा, दक्षिणकाली, टोखालगायतका नाकामा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टिजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने र सम्पर्क व्यक्ति तोक्ने छन् ।

भक्तपुरबाट आउने जगाती नाकामा पनि एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन जिल्ला तहमा समन्वय गर्ने भट्टले बताउनुभयो ।

यस्तै समितिको बैठकले सबै नगरपालिकामा रहेका आइसाेलेशन केन्द्र र क्वरेण्टीन केन्द्रहरूलाई अद्यावधिक गर्न र नगरपालिकाहरूलाई आफ्नो नगरपालिका भित्र एक/एक वटा आइसाेलेशन र क्वरेण्टीनको व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

चीन सरकारबाट प्राप्त कोभिड–१९ विरुद्धको खोपलाई कोभिड–१९ खोप अभियानअन्तर्गत मिति २०७७ चैत्र २५ देखि १८ वर्ष उमेरदेखि ५९ वर्ष उमेर समूहका चीनमा अध्ययन गर्ने विद्यार्थी, चिनियाँ सामग्रीको नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि व्यापार र यसका प्रतिनिधि, प्राध्यापकहरू र काठमाण्डाै जिल्लाभित्रका विद्यालयहरूमा कार्यरत शिक्षक/शिक्षिकालगायत अन्य कर्मचारीलाई लगाउन सरोकारवाला निकायहरूले आपसमा समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै सार्वजनिक ठाउँमा गरिने कार्यक्रमहरू स्थगित गर्न र गर्नै परे स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै समितिले मापदण्ड पालना नगर्नेलाई दण्ड/जरिबाना गर्ने पनि निर्णय भएको छ । साथै आफ्नो क्षेत्रभित्र कोही सङ्क्रमित भएमा उसको कन्ट्याक्ट ट्रेसिङ गर्न पनि समितिले पालिकाहरूलाई अनुरोध गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu