डेभलपमेण्ट बैँकर्स एशोसिएसनको अध्यक्षमा पोखरेल निर्वाचित
काठमाडौं-डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल निर्वाचितहुनु भएको छ ।
एशोसियसनका पन्ध्रौं वार्षिक साधारण सभाले सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पोखरेल अध्यक्ष चयन गरेको हो । यस्तै सभाले उपाध्यक्षमा सुयोग श्रेष्ठ सचिवमा बोधराज देवकोटा कोषाध्यक्षमा प्रविण बस्नेत चयन हुनुभएको हो ।
यसैगरी एशोसिएसनको सदस्यमा नरेश सिंह बोहरा, प्रकाश पौडेल श्रीचन्द्र भट्ट, नविन सुवेदी,उमेशकुमार आचार्य चयन हुनुभएको हो । नवनियुक्तकार्य समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरी कार्यभार पनि आजै सम्हाली सक्नु भएको छ ।
एशोसियसनको पन्ध्रौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आ.व. २०७७÷०७८ को अनुमानित आयब्यय र लेखापरिक्षक नियुक्तिलगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित समेत गरेको छ ।