Connect with us
Kapilvast Forest

महाराजगंजमा ७ किसिमको सिपमुलक तालिम-नगर प्रमुख कलाम द्धारा उदघाटन ।

२०७७, २४ चैत्र मंगलवारमा प्रकाशित

 

बृजेश यादव-कपिलबस्तु

 

कपिलबस्तुको महाराजगंज नगरपालिकामा बिभिन्न किसिमको ७ किसिम तालिमको नगरप्रमुख अब्दुल कलामले उदघाटन गर्नु भएको छ । नगरपालिकाले बिभिन्न कार्यक्रम योजना परियोजना अर्न्तगत ७ किसिम सिपमुलक तालिमहरुको एक कार्यक्रम बिच उदघाटन गरिएको छ ।

महाराजगंज नगरपालिकाको आयोजनामा मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अर्न्तगत मल्टी ट्रेड टेक्निकल ट्रेनिङ इन्ष्चियुट प्रा.लि को प्रबिधिक सहयोगमा ६० दिने प्लम्बिङ तालिम, माईक्रोटेक टेर्निंङ ऐकेडेमी प्रा.लि को प्राबिधिक सहयोगमा अ.हे.व,अ.न.मी,खरिदारको लोकसेवा तयारी कक्षा,इलेक्ट्रिकल हाउस वयरिङ तालिम,ग्लोबल कलेज अफ ईन्जिनियरिङ टेक्नोलोजी बुटवलको प्रबिधिक सहयोगमा डकर्मी(मेसन)तालिम ,महाराजगंज नगरपालिका वडा नं ७ को लागि स्वीकृत तराईमधेश समृद्धी कार्यक्रम अर्न्तगत महाराजगंज नगरपालिकाको आयोजनामा मोटर साईकल मर्मत तालिम तथा नगरपालिका पालिकाको आन्तरिक श्रोत तर्फको डयनमिक सामाजिक बिकास संस्थाको प्राबिधिक सहयोगमा ब्युटीपार्लर तालिम एक कार्यक्रमको बिच उदघाटन गरिएको महाराजगंज नगरपालिकाको सामाजिक बिकास शाखा पौडेल निरञ्जन कुमार पौडेलले जानकारी दिनु भयो । तराईमधेश समृद्धी कार्यक्रम अर्न्तगत महाराजगंज नगरपालिकाको आयोजनामा मोटर साईकल मर्मत तालिममा वडा नं ७ को मत्रै सहभिता रहने र बाकी तालिमहरुमा सबै वडा लाई समेटिएको शाखा प्रमुख पौडेलले जानकारी दिनु भयो ।

तालिमको महाराजगंज नगरपालिकाको  नगर प्रमुख अब्दुल कलामले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै नगर प्रमुख कलामले तालिममा लगनशील भएर सीप सिक्न आग्रह गर्दै सिकेको सीपलाई दैनिक ब्यवहारमा लागू गरी आर्थिक उपार्जन गर्न सुझाव दिनुभयो ।  “हामी सबैसँग क्षमता छ आँफूसँग भएको क्षमतालाई सकारात्मक पाटोमा प्रयोग गर्नुहोस्” नगर प्रमुख कलामले भन्नुभयो, “अब क्षमता लुकाएर होईन प्रयोगमा ल्याएर आर्थिक विकासतर्फ लाग्नुहोस् भन्दै नगर प्रमुखले तालीम पश्चात ब्यवसायिकरुपमा सामाग्री उत्पादन गर्नु पर्ने बताउनु भएको थियो गर्ने सहभागीलाई नगरपालिकाले थप सहयोग समेत गर्ने बताउनु भयो ।

महिला दिदीबहिनीहरुको लागि सञ्चालन गरिएको ब्युटीपार्लर सम्बन्धी निशुल्क तालीम तथा युवावर्गको लागि सञ्चालन गरिएको थप तालिमहरु दिएर महाराजगंज नगरपालिकाले उद्यमशीलतातर्फ उन्मुख गराएको नगरपालिकाको नगर उप-प्रमुख शुभावती कुर्मीले बताउनुभयो । संस्थागतरुपमा दक्ष कामदार उत्पादन गर्ने मुख्य उद्धेश्यले यि तालिमहरु सञ्चालन गरिएको उप प्रमुख कुर्मीले बताउनुभयो ।

महाराजगंज नगरापलिकाको आयोजनामा सञ्चालन गरिएको यि तालिमहरु “तपाईहरुको लागि सीप सिक्ने यो एउटा महत्वपूर्ण अवसरकोरुपमा रहेकोले सक्रिय सहभगिता जनाई सिप आर्जन गरि तालिममा सिकेका सीपलाई दैनिक ब्यवहारमा लागू गर्न सके आम्दानीको पाटोकोरुपमा विकास गर्न सक्ने महाराजगंज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले बताउनु भयो ।

मुख्यन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अर्न्तगत सञ्चालित तालिहरुको मुख्यन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमको सहजकर्ता रुकैया खातुन कार्यक्रमको उद्देश्यको बारेमा जानकारी गराउनु भएको थियो ।

उद्घाटन समारोहको अध्यक्षता गर्नु भएको माईक्रोटेक टेर्निंङ ऐकेडेमी प्रा.लि  सञ्चालक अनिल अधिकारी सिपमुलक तालिमहरुलाई आर्थिक पक्ष सँग जोड्नु आजको समयको माग भएको र तालिमको मुख्य उपलब्धी पनि सोही रहेको विचार ब्यक्त गर्नुभयो। माईक्रोटेक टेर्निंङ ऐकेडेमी प्रा.लिको सञ्चालक अनिल अधिकारीको अध्यक्षता, महाराजगंज नगरपालिकाको नगरप्रमुख अब्दुल कलामको प्रमुख अतिथ्यता,महाराजगंज नगरापलाको नगर उप-प्रमुख शुभावती कुर्मी,महाराजगंज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेल,उप-सचिव शिक्षा शाखा प्रमुखको बिशिष्ट अतिथ्यता तथा मदन लमसालको सञ्चालनमा उदघाटन कार्यक्रम सम्पन्न भएको जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu