Connect with us
Kapilvast Forest

चुनावमा बम हान्नेहरुलाई मैले गृहमन्त्री बनाएरगल्ती गरेँ:प्रचण्ड

२०७७, २४ चैत्र मंगलवारमा प्रकाशित

  काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूबाट गल्ती भएको भन्दै आत्म आलोचना गर्नु भएको छ ।मंगलबार रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले दुःख कष्ट गरेका तथा नेतृत्वलाई बचाउने नेता कार्यकर्ता ओझेलमा परेको र जाली फटाहहरुले महत्व पाएको स्वीकार गर्नु भयो ।

एमाले प्रवेश गरेका नेताहरुतर्फ संकेत गर्दै उहाँले अघि भन्नु भयो , ‘मलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्नेहरुलाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगेँ । शायद मैले गल्ती गरेँ ।’

‘मैले तपाईंहरुलाई नै अगाडि बढाइराख्नुपर्थ्यो, नियुक्ति, पार्टीको पदहरुमा पदोन्नती गर्नुपर्थ्यो’ उ हाँले अघि भन्नु भयो , ‘ गल्ती भयो । साझा सिधा, शहीद तथा घाइतेका परिवार ओझेलमा परे जस्तो, जाली पटाहबाट हेडक्र्वाटर घेरिए जस्तो भयो ।’

यद्यपि आफूले कहिल्यै देश र जताको हितमा दायाँबायाँ नगरेको उहाँले दाबी छ । सम्बोधनका क्रममा प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमान्दारिताका साथ लागेका नेता कार्यकर्तालाई अगाडि बढाउने प्रतिवद्धतासमेत जनाउनु भयो ।

प्रचण्ड अब कमजोर भए भन्न थालेको बेला रुकमका जनताबाट आफूले उर्जा पाएको उहाँले सुनाउनु भयो । उहाँले अघि भन्नु भयो , ‘मसँग मेरो पार्टी छ, नेता कार्यकर्ता छन् र क्रान्तिकारी जनताको कहिल्यै नटुंगिने साथ छ । सिंहदरबारमा बसेर प्रतिगमन गर्न चाहने सरकारलाई म खबरदार भन्न चाहन्छु ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu