Connect with us
Kapilvast Forest

डढेलो नियन्त्रणका लागि हवाईजहाज र हेलीकप्टरको प्रयोगबारे प्रधानमन्त्रीको चासो

२०७७, २४ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीलेडढेलो नियन्त्रणका लागि हवाईजहाज र हेलीकप्टरको प्रयोगबारे गृहकार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले डढेलो नियन्त्रणका लागि बहुृउपयोगी हेलिकप्टर वा हवाईजहाज ल्याउनेतर्फ गृहकार्य थालिनुपर्ने बताउनुभयो ।

हाल देशमा भएकै हवाईजहाज वा हेलिकप्टरमा अग्नी नियन्त्रक यन्त्र जडान गरेर तत्कालको समस्या समाधान गर्न सकिने भए सो का लागि समेत कार्य प्रारम्भ गर्न उहाँले नेपाली सेनालाई निर्देशन दिनु भएको छ । अहिलको डढेलोलाई गम्भिरता पूर्वक लिँदै आगामी वर्षहरुका लागि समेत तयारी गरिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ । हाल देशमा उच्च वायु प्रदुषणको कारक बनेको डढेलो नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले नेपाली सेनाले अब आफ्ना लागि चाहिने पोशाक, विस्कुट खाद्य पदार्थ आफै उत्पादन गर्ने अग्रसरता लिनु सराहनीय भएको धारणा समेत राख्नुभयो । आफैँ उत्पादन गर्दा सबै सुरक्षा निकाय, सरकारी कार्यालयमा प्रयोग हुने पोशाक र विद्यालयका पोशाक समेतमा आयातित कपडाको साटो प्रयोग गर्न सकिने स्थिति बन्ने धारणा उहाँको थियो ।

प्रधानसेनापति महारथि पूर्णचन्द्र थापाले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त विकास निर्माणसम्बन्धी जिम्मेवारी लक्ष्य अनुरुप नै पुरा हुने दिशामा अघि बढीरहेको बताउनुभयो । चौमासिक प्रगति विवरण पेश गर्दै रक्षा सचिव रेश्मिराज पाण्डेले केही सामान्य चुनौतीका बाबजुद लक्ष्य अनुरुप नै प्रगतिभएको उल्लेख गर्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu