Connect with us
Kapilvast Forest

पीएसजीले बायर्न म्युनिखलाई उसकै मैदानमा हरायो

२०७७, २६ चैत्र बिहीबारमा प्रकाशित

एजेन्सी  – च्याम्पियन्स लिग फुटबलमा पीएसजीले बायर्न म्युनिखलाई उसकै मैदानमा हराएको छ।गएराति भएको खेलमा पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा बायर्नलाई उसकै मैदानमा ३-२ गोलले हराएको हो।

पीएसजीको जितमा किलिएन एम्बाप्पेले दुई तथा मर्कुइनोसले एक गोल गरे। बायर्नका लागि मोटिस र मुलरले एक एक गोल गरे । जितसँगै पीएसजीले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

अब घरेलु मैदानमा पीएसजीले बराबरी खेले पुग्नेछ। गएको सिजनमा फाइनल पुगेर पनि उपविजेता बनेको पीएसजीले उपाधि गुमाउँदाको बदला समेत लिएको छ। यसअघि अन्तिम १६ मा पनि पीएसजीले बार्सिलोना जस्तो बलियो टिमलाई हराएर क्वाटरफाइनल पुगेको थियो। अब बराबरी मात्रै खेल्न सके पीएसजी सजिलै फाइनल पुग्नेछ।

यस्तै गएराति नै भएको अर्को खेलमा चेल्सीले पोर्टोलाई २-० गोलले हराएको छ। चेल्सीलाई जिताउन मेसुन माउन्ट र बेन चिलवालले गोल गरे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu