Connect with us
Kapilvast Forest

च्याम्पियन्स लिग : सिटी र म्याड्रिड विजयी

२०७७, २५ चैत्र बुधबारमा प्रकाशित

एजेन्सी- च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन्। गएराति भएको खेलमा म्याड्रिड र सिटी विजयी भएका हुन्।

म्याड्रिडले लिभरपुललाई ३(१ गोलले हराएको छ। रियललाई जिताउन भिन्सियस जुनियरले दुई तथा मार्को असिन्सियोले एक गोल गरे। लिभरपुलका मोहम्मद सलाहले एक गोल गरे पनि हार टार्न सकेनन्। यस्तै सिटीले बोरुसिया डर्टमन्डलाई २(१ गोलले हरायो।

सिटीलाई जिताउन केभिन डी ब्रुएनी र फिल फोडेनले गोल गरे। डर्टमन्डका लागि मार्को रिउसले गोल गरे। दुवै टिमले जितसँगै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu