जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुनः के .सी
बुटवल-राष्ट्रिय जनमोर्चा को चौथो राष्ट्रिय सम्मेलन बाट पुनः चित्रबहादुर के सि को अध्यक्ष मा चयन हुनु भएको छ । त्यस्तैचैत २४ गतेदेखि २६ गतेसम्म बुटवलमा भएको चाैथाे राष्ट्रिय सम्मेलनले चित्र बहादुर केसीको अध्यक्षतामा ३७ पुर्ण र १० बैकल्पिक गरि ४७ सदस्यीय नया नेतृत्वलाई चयन गरेको छ।
जसको कार्यकारी अध्यक्षमा रेश्मिराज नेपाल, उपाध्यक्षमा दुर्गा पाैडेल र जनकराज शर्मा, महासचिवमा मनाेज भट्ट, सचिव हिमलाल पुरी, काेषाध्यक्षमा मधु क्षेत्रीलाई चयन गरेको छ।
सदस्यहरुमा क्रमशः शंकर वराल, कृष्ण थापा, कृष्ण बहादुर खड्का, रत्नविक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट, डम्मर पुरी, लाल बहादुर जाग्रि, साेम कुमार कार्कि, कमला जिसी, राजेन्द्र ढुङ्गना, लाल बहादुर थापा, घनश्याम न्याैपाने, झविलाल थापा, पियारी थापा, इन्दिरा ज्ञवाली, यमलाल पाेख्रेल, मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, दिल बहादुर दर्जि, देवि शर्मा, भागरथि भट्टराई,दिपक पाण्डे, नारायण जिसी, पद्मा पण्डित, चन्द्रा परियार, लिलादेवि शर्मा, रामकुमार क्षेत्री र कल्याणि श्रेष्ठ
वैकल्पिक सदस्यहरू क्रमश गिरीप्रसाद बुढा, गाैरिश्वर पाण्डे, धर्मानन्द सुवेदी, चिन्तामणि पाैडेल, हेमकुमार गुरुङ, अमृत पाण्डे, गणेश आचार्य, कमल बिक्रम शाहि, उदयनारायण चाैधरी, सुवर्ण बिक्रम थापालाई चयन गरेकाे छ।
त्यस्तै सम्मेलनले बद्रे आलम, अमर थापा, लाेकेन्द लम्साल, काजिलाल वाईवा, दधिराम आचार्य, सागर केसी देवजंग शाहि, माेहनमणि ढकाल, माेमिना खातुन, राम बहादुर फुँयाल, बेदिलाल सापकोटा र खगा रानालाई सल्लाहकार समितिमा चयन गरेकाे छ।
गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, सङ्घीयताको खारेज गरौं, भ्रष्टाचारका बिरुद्ध संघर्ष गरौं भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन मंगलबार (चैत २४) देखि सुरु भएको थियो ।चैत २४ देखि २६ सम्म बुटवलमा भएको सम्मेलनको उद्घाटन अध्यक्ष चित्रबहादुर केसीले गर्नु भएको थियो ।