श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित ३ जना पक्राउ
पर्सा – वीरगंज महानगरपालिका–१० रानीघाटस्थित सडकबाट श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका–४ पश्रामपुर बस्ने ४५ वर्षीय तवारख देवान र सोही ठाउँ बस्ने ६० वर्षीय जोखन साई फकिर र वीरगंज महानगरपालिका–१० आदर्शनगर बस्ने ५० वर्षीय उमेश शर्मा रहेका छन् ।
वीरगंज महानगरपालिका–१० रानीघाट पुलस्थित सडकबाट उक्त श्रोत नखुलेको रकम र ना.१२ प ५०७३ नम्बरको मोटरसाइकल सहित तवारख र जोखन साईलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।
थप अनुसन्धान गर्ने क्रममा उक्त कारोबारमा उमेशको समेत सलंग्नता रहेको खुल्न आएपछि प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो ।