Connect with us
Kapilvast Forest

खाली भएका मन्त्रालयको जिम्मेवारी तोकियो

२०७७, २७ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्रले छाडेर खाली भएका मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ । गत बुधबार माओवादीका हरिबहादुर चुमानले आन्तरिक मामिला तथा कानुनमन्त्री र लेखबहादुर थापामगरले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट राजीनामा दिएका थिए ।

लेखबहादुरले छोडेको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तत्काललाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ आफैँले सम्हाल्नुहुने छ ।

त्यसैगरी चुमानले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी भने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सम्हाल्ने गरी तोकिएको छ । गण्डकी प्रदेशमा माओवादी सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । तत्काललाई सरकारलाई दिएको समर्थन कायम राख्ने जनाउँदै माओवादीले हाल सरकारबाट मात्र फिर्ता भएको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu