Connect with us
Kapilvast Forest

३ जना मन्त्रीकै राजीनामा स्वीकृत

२०७७, २८ चैत्र शनिबारमा प्रकाशित

karnali parrdes

कर्णाली-कर्णाली प्रदेश सरकारबाट राजीनामा दिएका तीन जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ । एमालेको तर्फबाट प्रतिनिधित्व गरेका तीन जनाकै राजीनामा स्वीकृत भएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाको राजीनामा स्वीकृत गरेका हुन्।

उनीहरूको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री शाहीलाई रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डालाई दिएका छन्।

यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री र सामाजिक विकास मन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई तोकिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu