Connect with us
Kapilvast Forest

कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्छ : महामन्त्री कोइराला

२०७७, २८ चैत्र शनिबारमा प्रकाशित

चितवन -। नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताउनु भएको छ । आज शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताउनु भएको हो ।

उहाँले भन्नु भयो , ‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी छ ।’ जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उहाँको भनाइ थियो।

 

उहाँले भन्नु भयो ‘जसपासँग छलफल भइरहेको छ । उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ ।’ जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उहाँले बताउनु भयो ।

फरक प्रसङ्गमा उहाँले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो , ‘समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu