बालबालिका अधिकारका लागी लुम्बिनी प्रदेश सरकार गम्भीर छ :उपसभामुख थारु
बुटबल-लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुले बालबालिकाको अधिकारका लागी लुम्बिनी प्रदेश सरकार गम्भीर भएको बताउनु भएको छ । उहाँले बालबालिका देशको कर्णधार भएकाले बालबालिकाका हक र हितका लागी प्रदेश सरकारले विशेष योजना ल्याउँने बताउनु भयो ।
कन्सोर्टियम नेपाल लुम्बिनी प्रदेश समितिले बुटबलमा गरेको प्रदेशस्तरिय अन्तक्रिया कार्यक्रमको उद्घाटनगर्दै बालबालिकाको अधिकारका लागि संघ, प्रदेश र स्थानीय सरकार गम्भीर भएर लाग्नुपर्ने बताउँदैँ बालबालिकाले पाउँने अधिकार कसैले हनन् गर्न नपाउँने बताउनु भयो ।
कार्यक्रममा सामाजिक विकास समितिका सभापति दृगनारायण पाण्डेले सामाजिक विकास समितिले बालबालिकाको लागि विशेष कार्यक्रम सञ्चालन गर्न योजना बनाएर अगाडी बढ्ने बताउँदै बाल अधिकार सुनिश्चितताका लागी प्रदेश सरकार गम्भीर भएर लाग्ने उल्लेख गर्नु भएको छ । कार्यक्रममा सामाजिक विकास समितिका सदस्य तथा प्रदेश सभा सदस्यद्वय कमला देवी विकले बालबालिकाको अधिकार कागजमा मात्रै सिमित भएको बताउनु भयो ।
प्रदेश सभाका सदस्य दीपा विकले बालबालिकाहरु अन्यायमा परेको बताउँदै तत्काल सम्वन्धित निकायले अधिकारबाट बञ्चित गराउन नहुने बताउनु भयो । अन्तक्रिया कार्यक्रममा बाल अधिकार अभियान्ता तथा कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले बालबालिकाको क्षेत्रमा कन्सोर्टियम नेपालमा देशभरका ७४ संस्था आवद्ध भएको बताउनु भयो । थापाले ७४ संस्थाको साझा धारणा मार्फत सबै संघसंस्था बालबालिकाको क्षेत्रमा क्रियाशिल रहेको र यस किसिमको बाल अधिकारको आभियान देश व्यापी बनाउने बताउनु भयो ।