Connect with us
Kapilvast Forest

एएफसी छनोट : त्रिभुवन आर्मी क्लब आज भारतको गोवा जाँदै

२०७७, २९ चैत्र आईतवारमा प्रकाशित

 

काठमाडौं- एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी क्लब आज भारत जाँदैछ।उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मीको २७ सदस्यीय टोली बिहान ११ बजे गोवा जाने भएको हो। आर्मीले दोस्रो चरणको खेल अप्रिल १४ मा इन्डियन सुपर लिग (आइएसएल) क्लब बेंगलुरुसँग खेल्नेछ। सुनिल क्षेत्रीको कप्तानीमा रहेको बेंगलुरुले यसअघि नै एएफसी कप खेलिसकेको अनुभव छ।

आर्मी र बेंगलुरुबीचको खेल गोवास्थित जीएमसी एथ्लेटिक स्टेडियम बाम्बोलिममा हुनेछ। उक्त खेलको विजेताले तेस्रो चरणको खेल बंगलादेशको अबहानी लिमिटेड र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग खेल्नेछ। आर्मीले दशरथ रंगशालमा अप्रिल ७ मा भएको पहिलो चरणको खेलमा श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबलाई ५–१ ले पराजित गरेको थियो।

गत सिजन शहीद स्मारक ए डिभिजन लिगमा उपविजेता बनेको आर्मी एएफसी क्लब लाइसेन्स लिने पहिलो क्लब बनेपछि एएफसी कपको छनोट खेल्ने अवसर पाएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu