Connect with us
Kapilvast Forest

बार्सिलोनालाई सजिलै हराउँदै रियल उक्लियो शीर्ष स्थानमा

२०७७, २९ चैत्र आईतवारमा प्रकाशित

एजेन्सी-बार्सिलोनालाई सहजै हराउँदै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।शनिबार राति भएको स्पेनिस एल क्लासिको भिडन्तमा क्याटलान क्लब बार्सिलोनालाई रियलले २–१ गोल अन्तरले पाखा लगाएको हो।

रियलको जितमा कप्तान करिम बेन्जेमा र टोनी क्रुसले गोल गरे। बार्सिलोनाका ओस्कार मिगुएजाले एक गोल फर्काए। जितसँगै रियलले सन् २०१३ पछि पहिलोपटक एकै सिजनको एल क्लासिको आफ्नो पक्षमा पारेको छ। २०१३ को एल क्लासिकोको दुवै खेल रियलले आफ्नो पक्षमा पारेको थियो।

खेलको १३औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। २८औं मिनेटमा टोनी क्रुसले गोल गर्दै अग्रता दोब्बर पारे।

खेलको ६०औं मिनेटमा ओस्कार मिगुएजाको गोलमा बार्सिलोनाले गोल अन्तर कम गरेपनि हार टार्न भने सकेन।जितपछि शीर्ष स्थानमा उक्लिएको रियलले ३० खेलबाट ६६ अंक जोडेको छ। समान ६६ अंक भएपनि हेड टु हेडमा रियलले एट्लेटिकोलाई पछि पारेको हो। एट्लेटिकोले एक खेल कम खेलेको छ। पराजित बार्सिलोना ६५ अंकमा तेस्रो स्थानमा झरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu