Connect with us
Kapilvast Forest

चितवनमा भ्यान दुर्घटना, दुईजनाको मृत्यु, सात घाइते

२०७७, २९ चैत्र आईतवारमा प्रकाशित

accident

 

चितवन-चितवनको रामपुरमा म्याजिक भ्यान पल्टदा दुई जनाको मृत्यु भएको छ । भरतपुरबाट पश्चिम चितवनको शारदानगर जादै गरेको ना १ ज ३८५९ को भ्यान अनियन्त्रित भएर रामपुर चौकी नजिकै पल्टेको थियो । दुर्घटनामा परी भ्यानमा सवार दुइजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो । मृतकको पहिचान नखुलेको प्रहरीले बताएको छ । मृत्यु हुने दुवै जना पुरुष रहेका छन् । ४५ वर्ष र ५५ वर्षमा ती पुरुषको पहिचान खुल्न बाँकी रहेको छ ।

म्याजिक भ्यान विहान ९ बजे आफै अनियन्त्रित भई सडकको कल्बर्डबाट तल खाल्डोमा खसेको प्रवक्ता थापाले जानकारी दिनुभयो । चालक सहित नाै जना सवार थिए । म्यजिकमा सवार सात जना घाइते भएका छन् ।

उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइराखेको छ ।घाइते हुनेहरुमा जिल्ला लम्जुङ दोर्जी गा.पा.३ वस्ने वर्ष ३१ को विनोद गुरुङ, जिल्ला रसुवा कालिका गा.पा.२ बस्ने वर्ष १९ को प्रदीप घिमिरे, म्याजिक चालक जिल्ला चितवन भरतपुर १९ शारदानगर बस्ने वर्ष ३५ को रमेश थापा, भरतपुर महानगरपालिका ६ वस्ने वर्ष ४७ की शारदा परियार, भरतपुर महानगर २१ पार्वतीपुर वस्ने वर्ष ४८ की कुमारी बि.क., शारदानगर बस्ने वर्ष ३२ की बबिता गुरुङ, भरतपुर महानगरपालिका .१९ रामपुर बस्ने वर्ष २४ को अनुप लामा रहेका छन् ।