Connect with us
Kapilvast Forest

रारामा यो वर्ष पनि पानीको सतह घट्यो

२०७७, ३० चैत्र सोमबारमा प्रकाशित

काठमाडौं -नेपालको सुन्दर पर्यटकीय गन्तव्य रारामा यो वर्ष पनि पानीको सतह घटेको छ । रारा तालमा विगतका वर्षमा अत्यधिक हिमपात र आकासे पानी धेरै पर्ने हुन्थ्यो यो वर्ष हिउँदको समयमा हिमपात र आकासे पानी कम परेको हँुदा तालको छेउछाउमा रहेका तालभन्दा माथिबाट बगेर आउने पानीका दर्जनौं पानीका मुहान सुक्दै जाँदा पानीको सतह घटेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निकुञ्ज संरक्षण अधिकृत बुद्घिविनोद दाहालले जानकारी बताउनु भयो । जलवायु परिवर्तनका कारण पनि गर्त वर्षभन्दा यो वर्ष रारा तालको सतहको पानी घटेको सरोकारवाला बताउँछन् ।

आठ, १० पहिलाको रारा तालको वरपरको सुन्दरता अहिले सुन्दरतामा फरक देखिएको छ । तालमा पानीको सतह घटेको छ । केही पूर्वाधार निर्माण भएका छन् । फोहर व्यवस्थापनमा पनि सुधार आएको छ । तर रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले खाना खाजाका लागि ल्याएका सामानबाट निस्कने फोहर सही ठाउँमा व्यवस्थापन गरियो भने राराको सुन्दरता कायमै राख्न सकिने कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लाका बालरोग विशेषज्ञ डा।कमलप्रसाद थानीले बताउनु भयो ।

समुद्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारातालको लम्बाइ ५ किमि, चौडाइ तीन किमि र मिटर गहिराइ १६७ मिटर रहेको छ । वरिपरि हरियाली वन जंगलले ढाकेको, अग्ला हिमाल र डाँडाकाँडाले दुलहीजस्तै सिँगारिएकी रारा तालमा पछिल्लो समयमा पानीको मुहान सुक्दै जाँदा तालमा पानी घटेको हो ।कारोबार दैनिकबाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu