Connect with us
Kapilvast Forest

एक खर्ब भुक्तानी नदिए निर्माण व्यवसायी पलायन हुनसक्ने

२०७७, ३० चैत्र सोमबारमा प्रकाशित

काठमाडौं -सरकारले १ खर्ब भुक्तानी नदिए निर्माण व्यवसायीहरू व्यवसायबाट नै पलायन हुने अवस्थामा आइपुगेको नेपाल निर्माण व्यवसायी महासंघले दाबी गरेको छ ।

बैंक ग्यारेन्टी तथा आफ्नो सम्पत्ति धितोमा राखेर ठेक्काको काम गरिएको तर सरकारले भुक्तानीमा ढिलाइ गर्दा अधिकांश निर्माण व्यवसायीहरू जोखिममा आइपुगेको महासंघले उल्लेख गरेको छ । आइतवार काठमाडौंमा आयोजित महासंघको २२औं साधारणसभाको अवसरमा व्यवसायीहरूले यस्तो धारणा व्यक्त गर्नु भएको हो । महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा लागेका व्यवसायीलाई सरकारले उपेक्षा गरेको भन्दै तत्काल भुक्तानी गरिदिन आग्रह गरेका छन् ।

सिंहले भौतिक पूर्वाधार निर्माणमा संलग्न व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताहरू कार्यान्वयन नगर्दा व्यवसायीहरू धराशयी हुन लागेको बताएका हुन् । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सरकारले अर्बौंका परियोजना हालै घोषणा गरिसकेको र स्रोत पनि सुनिश्चित गरिसकेको भन्दै निर्माण व्यवसायी सरकारको पार्टनर भएको बताउनु भयो ।

नेम्वाङले १६५ निर्वाचन क्षेत्रमा बन्ने रणनीतिक सडक, स्थानीय तहका गाउँपालिकाका सदरमुकामलाई कालोपत्र सडकले जोड्ने सडक बनाउन बजेट सुनिश्चित गरिसकेको बताउनु भयो ।आजको आर्थिक अभियान दैनिकबाट

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu