Connect with us
Kapilvast Forest

६ महिनापछि प्रदेश २ को प्रदेशसभा बैठक बस्दै

२०७७, ३० चैत्र सोमबारमा प्रकाशित

काठमाडौं-प्रदेश २ प्रदेशसभा बैठक सोमबार (आज) बस्दै छ । प्रदेशको पाँचौं अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे आह्वान गरिएको छ ।

प्रदेश सरकारले प्रदेशसभा बैठक छल्दै आएको थियो । ६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यसैकारण पाँचौं अधिवेशन बोलाइएको हो ।

प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो । संसद् बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुंगो लाग्न नसक्दा बस्न नसकेको सांसद यादवले बताउनुभएको छ ।

नेकपा विभाजन र राजपा र संघीय समाजवादी पार्टी एक भएर जनता समाजवादी पार्टी बनेकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको हो ।पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराउने र शुभकामना दिने कार्यसूची तय भएको छ ।

यता, प्रदेश २ नेकपा एमाले संसदीय दलको नेता शत्रुधन महतोलाई चयन गरिएको छ ।एमाले संसदीय दलको कार्यालयमा हिजो बसेको बैठकको बहुमतले सत्यनारायण मण्डललाई दलको नेताबाट हटाएर महतोलाई चयन गरेको हो ।
एमालेभित्रको विवाद प्रदेश २ मा पनि देखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu