Connect with us
Kapilvast Forest

काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

२०७७, ३० चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौं – नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरणको समय फेरि थपिने भएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय समितिको बैठकले सदस्यता वितरण र नवीकरणका लागि कम्तीमा १५ दिनको समय थप गर्ने तयारी गरेको हो ।

पटकपटक समय थप गर्दा पनि हिजोसम्म ५५ प्रतिशत मात्र सदस्यता नवीकरण र वितरणको काम सकिएको छ ।सदस्यता वितरणले गतिलिन नसक्दा भदौ पहिलो साताका लागि पछिल्लोपटक तोकिएको १४औं महाधिवेशन फेरि प्रभावित हुने संकेत देखिएको हो ।

गत फागुनमै पाँच वर्षे कार्यकाल पूरा गरेको काँग्रेसले सवैधानिक व्यवस्थाअनुसार छ महिनाको अतिरिक्त समय लिएर भदौ पहिलो साता महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, पार्टीभित्रको आन्तरिक किचलो र समायोजनको काम पूरा नहुँदा प्रदेश २ मा महोत्तरीबाहेकका जिल्लामा सदस्यता वितरण अघि बढ्न सकेको छैन ।

सदस्यता छानबिन समितिले प्रदेश नम्बर दुईमा क्रियाशील सदस्यता नविकरण र वितरणका लागि पदाधिकारी र पूर्वपदाधिकारीकै तहबाट हस्तक्षेप आवश्यक रहेको औंल्याएका छन् ।१० लाख क्रियाशील सदस्य पु¥याउने जनाएको काँग्रेसले अहिलेसम्म करिब छ लाख क्रियाशील सदस्यता वितरण गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu