Connect with us
Kapilvast Forest

चन्द्रौटा कृष्णनगर चारलेन : दुई वर्षमा ३६ प्रतिशत काम

२०७७, ३० चैत्र सोमबारमा प्रकाशित

 

माधव बेल्बासे,कपिलवस्तु-चन्द्रौटा कृष्णनगर चारलेन सडक निर्माणको काम तोकिएको समयमा नसकिने निश्चित भएको छ । निर्माण सुरु भएको दुई वर्षमा ३६ प्रतिशत मात्र काम सम्पन्न भएको छ । शुरुमा तीव्र गतिमा काम भए पनि कोरोनाका कारणले हालसम्मको निर्माण प्रगति हेर्दा तोकिएको मितिमा यो सडक काम सम्पन्न हुने देखिदैँन । दुई वर्षमा २० प्रतिशत मात्र रकम खर्च भएको निर्माण कम्पनीले बताएको छ । चन्द्रौटादेखि कृष्णनगरसम्म यो सडकखण्ड २० किलोमिटर छ । दुईलेनको यस सडकमा २१ मिटर चौडाइमा चारलेन सडक निर्माण गरिने निर्माण कम्पनीका प्रमुख नवीन गुरुङले जानकारी दिनुभयो ।

रुख कटान, विद्युत्को खम्बा सार्ने, खानेपानीको पाइप व्यवस्थापन ,कोरोना महामा लगायतको कारणले केही ढिलाइ भएको सडक सुधार विकास आयोजना लमहिका आयोजना प्रमुख पारस हमालले बताउनुभयो । जटिल काम सम्पन्न भइसकेकाले बाँकी एक वर्षमा चारलेन सडक काम सम्पन्न गर्न सकिने हमालले बताउनुभयो । कोरोनाका कारण ६ महिना र रुख तथा विद्युत पोल सार्न ६ महिना गरी एक वर्ष समय थप भएको उहाँले बताउनुभयो । अव एक वर्ष समय छ,यो समयमा निर्माण कम्पनीले काम सम्पन्न गर्नुपर्ने हुन्छ,हमालले भन्नुभयो अब थप समय माग्ने कुनै आधार छैन ,अब एक वर्षमा काम नसकिएको खण्डमा पेनाल्टीमा काम गर्नुपर्ने हुन्छ ।

यो सडकमा ३५ वटा कल्भर्ड निर्माण भइसकेका छन् । सडकभित्र पर्ने ५१६ रुख काटिएको छ भने विद्युत्को खम्बा सार्ने काम भइरहेको छ । गत चैत्र देखि करिव ६ महिना सम्म कोरोनाका कारणले केहि पनि काम हुन नसक्दा तोकिएको समयमा काम सम्पन्न हुन नसकेको निर्माण कम्पनीका प्रमुख गुरुङले बताउनुभयो । माटो फिलिङ ९० प्रतिशत,ग्राभेल ५० प्रतिशत,कल्भर्ट निर्माण ९५ प्रतिशत काम सकिएको उहाँले बताउनुभयो । सडक सुधार विकास आयोजना र एक्जिम बैंकबीच सडक निर्माणका लागि भएको सम्झौताअनुसार यो सडक निर्माण हुन लागेको हो । सम्झौतापछि यो सडकखण्डको ठेक्का कालिका दिनेशचन्द्र जेभीले लिएको छ । कालिका नेपालको कन्ट्रक्सन हो भने दिनेश जेभी भारतीय हो । सडक निर्माणमा प्रयोग हुने ५१ प्रतिशत सामग्री भारतमा उत्पादन भएको हुनुपर्ने छ ।

भारतीय सहयोग रहेकाले रकम निकासामा झन्झटिलो हुँदा पनि तिव्र रुपमा काम गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ । भारतीय सीमासँग जोडिएको सडक चार लेन निर्माणसँगै दुई देशीय आयातनिर्यातमा सहज हुने विश्वास छ । सडक निर्माण पश्चात यस क्षेत्रमा रहेको उद्योगहरुलाई आवश्यक कच्चा पदार्थ आयात गर्न सहज हुने चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर मियाँले बताउनुभयो । अब ग्राभेल र पिच गर्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । रु ७५ करोड बजेटमा निर्माण हुन लागेको चारलेन सडक निर्माणमा दुई समय भन्दा बढीले रोजगारी पाएका छन्

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu