Connect with us
Kapilvast Forest

वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाइने

२०७७, ३१ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्ममा लगाइने भएको हो।माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागेको हो।

मन्त्रालयले सबै स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरूलाई सो खोप दिन लागेको जनाएको छ।दोस्रो चरणको खोप लिनलाई खोप कार्ड अनिवार्य लिएर खोप केन्द्रमा जान भनिएको छ।

गत माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाले वैशाख ७ गते लगाउन भनिएको छ।माघ १८, १९, २०, २१, र २७ गते लगाउनेले वैशाख ८ गते लगाउन मिति तोकिएको छ।

माघ २२, २३, २४, २८ र फागुन २ गते लगाउनेले वैशाख ९ गते, माघ २९ र फागुन ३,४,५, ६ गते लगाउनेलाई वैशाख १० गते र माघ ३० र फागुन ७,८,९ र १० गते लगाउनेलाई ११ गते लगाउन भनिएको छ।खोप बिहान १० बजेदेखि ४ बजे सम्म दिने मन्त्रालयले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu