काठमाडौं– भारतमा एकै दिन एक लाख ६० हजारभन्दा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ६० हजार ६९४ जना नयाँ संक्रमित थपिएका हुन्।
त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ३६ लाख ८६ हजार ७३ पुगेको छ।कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा रहेको छ।