Connect with us
Kapilvast Forest

६०३ संक्रमित थपिए, ५ जनाको मृत्यु, सक्रिय संक्रमित ३६०८

२०७८, १ बैशाख बुधबारमा प्रकाशित

corona ncn

काठमाडौं-नेपालमा नयाँ कोरोना संक्रमितको दर दिनहुँ बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा देशभर ६०३ जना नयाँ संक्रमित थपिएका छन्। जसमा पिसिआर परीक्षणबाट ५८० र एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी ४२८९ पिसिआर ४५१ को एन्टिजेन परीक्षण गरिएकोस्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ।

२४ घण्टामा १५३ जना संक्रमित कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ।अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६०८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ३५०८ पुगेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu