Connect with us
Kapilvast Forest

केही दिनमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउँछ :वर्षमान पुन

२०७८, २ बैशाख बिहीबारमा प्रकाशित

ba punanrsam

रोल्पा -नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिनु भएको छ । रोल्पाको सुली चौरमा आयोजित कार्यक्रमलाई बुधबार सम्वोधन गर्दै नेता पुनले भन्नु भयो ‘अलिकति नैतिकता छ भने राजीनामा दिनुस्, तपाईंका अहिलेका कमजोरी र आलोचना रातारात पखालिन्छन्, तपाईंको व्यक्तित्व अग्लिनेछ ।’

सुलिचौरमा आयोजित प्रथम सुनिल स्मृति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै रोल्पाका जनप्रतिनिधिसमेत रहेका पुनले प्रधानमन्त्री ओलीले राजीनामा नदिए हटाइने बताउनु भयो । उहाँले भन्नु भयो , ‘यसरी देश चल्दैन, केही दिनपछि ओलीजी हटाइनुभयो, अविश्वासको प्रस्ताव पेश भयो र नयाँ गठवन्धन बन्यो भनेर सुन्न पाउनुहुनेछ ।’

प्रधानमन्त्री ओलीले नेकपाले घोषणा गरेको जस्तो विकासको सपना पूरा गर्न नसकेको पुनले बताए । ‘उहाँले पानीजहाज कार्यालय उद्घाटन गरेर टिकट काट्न तयार हुनुस् भन्नुभयो’ पुनले भन्नु भयो , ‘तर, कुसुन्तीमा अहिले पानीजहाजको कार्यालयमा माकुराले जालो लगाएको छ ।’

माओवादी नेता पुनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पनि हटाउने चेतावनी दिनु भयो । उहाँहरुले प्रदेशको स्वायत्तता बचाउने भन्दा पनि प्रधानमन्त्रीको अलोकतान्त्रिक कदम र असंवैधानिक कदमलाई समर्थन गरेको नेता पुनको आरोप छ । प्रधानमन्त्रीले प्रदेश विघटन गर्छु भन्दा पनि मुख्यमन्त्री पोख्रेल र गुरुङले सुनेर बसेको पुनले टिप्पणी गर्नु भयो ।

पूर्वमन्त्री पुनले भने, ‘यतैतिर शंकर पोख्रेलजीले माओवादी केन्द्र, प्रचण्डको ग्रुपले अब चुनाव जित्ने जम्मा रोल्पा र रुकुम हो, तर त्यहाँबाट पनि हार्दैछन् भन्नुहुन्थ्यो । त्यो त दुई वर्ष पछिको कुरो हो, हेरौंला । तर, अहिले शंकरजी हटाइँदै हुनुहुन्छ । पृथ्वी सुब्बाजी हटाइँदै हुनुहुन्छ । केही हप्ता उहाँहरु मुख्यमन्त्री रहनुहुन्छ । मलाई माफ गर्नुहोला, म यत्ति भन्न बाध्य भएँ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu