Connect with us
Kapilvast Forest

वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय

२०७८, ३ बैशाख शुक्रबारमा प्रकाशित

वाग्मतीका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

 

हेटौंडा- नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले संसदीय दल, वाग्मती प्रदेशका प्रमुख सचेतक केशव पाण्डेले जानकारी दिनुभयो ।

प्रदेश बोर्डमा एमाले संसदीय दल दलका नेता डोरमणि पौडेल, प्रमुख सचेतक केशवराज पाण्डे, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजङ्ग थापा र सरस्वती बाटी रहनुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीन जना सदस्य मनोनीत गर्नेछन् । बोर्डमा दलको उपनेता र सचेतक पदेन सदस्य रहने व्यवस्था रहेको जनाइएको छ । संसदीय दलको आजको बैठकले संसदीय दलको संशोधित विधानलाई पास गर्ने निर्णयसमेत गरेको प्रमुख सचेतक पाण्डेले बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu