निर्धन उत्थान लघुबित्त चौलिखा सर्लाहि शाखाद्वारा डा.हरिहरदेव पन्त स्मृती छात्रवृत्ति बितरण
झबिन भण्डारी , सर्लाही- निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाहरुले प्रदान गर्ने हरेक बर्षको डा. हरिहरदेव पन्त स्मृती पुरस्कार आज एक कार्यक्रम को आयोजना गरि निर्धन उत्थान लघुबित्त बित्तिय सस्था शाखा कार्यालय चौलिखा सर्लाहीले प्रदान गरेको छ।
चन्द्रनगर गाउपालिका वडा न ७ नाढिमैन की सदस्य सलिता देवि केवटकि छोरी सालु कुमारी तथा इश्वरपुर नगरपालिका वडा न २ राइटरखोर कि सदस्य दिपिया देवि छोरा हरि शकर साहलाइ शाखा कार्यालय चौलिखाका शाखा प्रबन्धक राम शकर कहारले नगद तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो।
कार्यक्रममा बोल्दैन प्रबन्धक कहारले निर्धन उत्थान लघुबित्त सस्थाले प्रत्येक बर्ष यस्तै कार्यक्रम मार्फत बिद्यार्थीहरुलाइ हैसाला प्रदान गरेको भन्दै आगामी दिनमा अझ शैक्षिक सफलताको कामना गर्नुभएको थियो।कार्यक्रममा स्थानीय बुद्धिजिबि समूह सदस्य हरुको उपस्थिति रहेको थियो भने कार्यक्रम को सन्चालन बालदेव चौधरीले गर्नुभएको थियो।