Connect with us
Kapilvast Forest

प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन

२०७८, ३ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौँ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गर्नु भएको छ । प्रचण्डले शुक्रबार दिउँसो ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उक्त कुराको खुलासा गर्नु भएको हो ।तिनिधिसभा विघटन गरेपछि प्रचण्ड र ओलीबीच सम्बन्ध चिसिएको थियो ।

यसबीचमा यी दुई नेताहरुले एकअर्काविरुद्ध बोल्ने गरेको भए पनि प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गर्नु भएको हो । ‘म बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई,’ प्रचण्डले भन्नुभयो ।

प्रचण्डले आफूले प्रधानमन्त्रीसँगको कुराकानीमा गाउँपालिका जाने बाटो बनाइदिन आग्रह गर्ने बताउनुभयो ।यसअघि पनि प्रचण्डलाई फोन गरेर प्रधानमन्त्री ओलीले भेट्नको लागि प्रस्ताव गरेका थिए ।

तर, प्रचण्डले भने ओलीसँग भेट्नुको कुनै पनि अर्थ नभएको बताउनुु भउको थियो । कुनै समय एउटै पार्टीको अध्यक्ष रहेका दुई जनाबीच पुस ४ गतेयता भेट भएको छैन । प्रधानमन्त्री ओली पुस ४ गते प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । त्यसपछि उहाँमन्त्री क्वार्टर पुल्चोक हुँदै शितल निवास पुग्नुभउको थियो । त्यसको भोलिपल्ट प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu