Connect with us
Kapilvast Forest

कर्णालीमा ओलीको असफल प्रहार : फ्लोर क्रसको तरंग केन्द्रमा

२०७८, ४ बैशाख शनिबारमा प्रकाशित

 

काठमाडौं-
एमाले भित्र चर्किएको आन्तरिक कलह कर्णाली प्रदेशबाट विष्फोट भएको छ। माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रधानमन्त्री केपी ओलीको प्रहार असफल भएको हो। मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावलाई फेल गराउने निर्णायक भूमिका एमालेकै चार सांसदले निर्वाह गर्नु भएको हो ।

शुक्रबार अविश्वास प्रस्तावमाथि प्रदेशसभामा भएको मतदानको अन्तिम क्षणसम्म पनि मुख्यमन्त्रीको पद जोखिममा थियो। जब मतदान सुरु भयो एमाले वरिष्ठ नेता माधव नेपाल समूहका चार सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरे। एमालेका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले फ्लोर क्रस गर्नु भएको हो ।

कर्णालीको यो फ्लोर क्रसले काठमाडौंको राजनीतिसमेत तरंगित भएको छ। प्रधानमन्त्री ओलीलाई कर्णालीको यो घटनाले झट्का दिएको छ। अरु प्रदेशमा पनि ओली निकटका मुख्यमन्त्रीलाई हटाउने अभियानमा एमाले नेपाल समूहका सांसदले यसरी नै फ्लोर क्रस गरेर सघाए भने आश्चर्य मान्नु पर्दैन। केही दिनअघि राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले ओलीको विकल्प खोज्न विपक्षी एक ठाउँमा उभिएमा आफूहरुले त्यसलाई नरोक्ने बताएका थिए। त्यसको परिणाम शुक्रबार कर्णालीमा देखिएको हो।

प्रदेश सरकारमा देखिएको ओलीविरुद्धको यो समीकरणले केन्द्रको सत्तालाईसमेत धक्का दिएको छ। प्रधानमन्त्री ओलीको विकल्प खोज्ने माओवादी र कांग्रेसको रणनीतिलाई कर्णालीमा विकसित भएको यो समीकरणले बल पुगेको छ।

संघीय संसदमा निर्णयक खेलाडी मानिएको जनता समाजवादी पार्टी(जसपा)ले निर्णय नगर्दा वैकल्पिक सरकारको निर्माण अन्योलमा परिरहेको बेला एमालेको फ्लोर क्रसले नयाँ सम्भावनाको ढोका खुलेको छ। अब केन्द्रमा पनि जसपाको साथ लिएर कांग्रेस, माओवादी र एमालेको नेपाल समूहले फ्लोर क्रस गरेमा नयाँ सरकार बनाउन बहुमत पुग्ने देखिन्छ। यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu