Connect with us
Kapilvast Forest

नयाँ भेरियन्ट अत्यधिक रूपमा समुदायस्तरमै बढ्दै ,यस्ता छन लक्षण

२०७८, ६ बैशाख सोमबारमा प्रकाशित

corona

काठमाडौं । केही दिनयता नेपालमा कोरोनाको नयाँ भेरियन्ट समुदायस्तरमै फैलिएपछि यसबाट प्रभावितको संख्या दिनानुदिन हवात्तै बढ्न थालेको छ ।

कोरोना भाइरस संक्रमित हुनेको संख्या आइतबार चार अंकमा पुगेको छ । केही दिनयता संक्रमणदर अत्यधिक रूपमा बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार देशभर ६ हजार २ सय ९० जना सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ३५ जना छन् । काठमाडौंमा ३ सय २६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनामा संक्रमण देखिएको छ ।

संक्रमण ह्वात्तै बढेलगत्तै चिकित्सकले सतर्क र सजग रहन आग्रह गरेका छन् । नेपालमा हाल यूके भेरियन्ट र डबल म्युटेन्ट भेरियन्ट देखिएका छन् । यी भेरियन्ट पहिलेको स्वरूपभन्दा छिटो फैलिनुका साथै बालबालिका र युवामा बढी संक्रमण हुने पाइएको छ ।आजको राजधानीमा खबर छ ।

कतिपय बालबालिकामा लक्षण नदेखिए पनि रोग भएको भए अन्य व्यक्तिमा सार्न सक्ने बताइएको छ । विश्वका कतिपय देशमा बालबालिकामा बिरामीको समयभन्दा पनि रोग लागेको चारदेखि ६ सातापछि मल्टिसिस्टम इन्फ्लाममेटरी सिन्ड्रम इन चिल्ड्रेन एमआईएससी भई बच्चा सिकिस्त हुन सक्ने बाल रोग विशेषज्ञहरू बताउँछन् । चिकित्सकहरूका अनुसार एमआईएससीको लक्षणमा ज्वरो, कडा झाडापखाला, बढी पेट दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने, मुटुमा समस्या देखिने नयाँ भेरियन्टका लक्षण रहेका छन् ।राजधानीमा खबर छ ।

सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले कोरोना जोखिम बढेको भन्दै यसको चपेटामा बालबालिका रहेको बताए । उनले भने, ‘भाइरसले कोर्स चेन्ज गरेको छ । बालबालिकासहित सबै उमेर समूहका नागरिक चपेटामा परेका छन् । बालबालिकाप्रति सरोकारवाला निकाय संवेदनशील हुनुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमणबाट बच्न भौतिक दूरी कायम, मास्कको समुचित प्रयोगलाई ध्यान दिनुपर्ने बताए

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu