Connect with us
Kapilvast Forest

थपिए १२८१ कोरोना संक्रमित, आठको मृत्यु

२०७८, ६ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर सात हजार १ नमूनाको पिसिआर परीक्षण र ५४७ जनाको एन्टिजेन परीक्षण भएको थियो। यसमध्ये पिसिआर विधिबाट एक हजार २ सय २७ जना र एन्टिजेन विधिबाट ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा २५५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार ५५५ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै देशभर ८१ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ९१ जना पुगेको छ ।यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu