Connect with us
Kapilvast Forest

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७८, ८ बैशाख बुधबारमा प्रकाशित

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती-३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।

पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा ३ च २१८७ नम्बरको जिपले झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मंगलबार राति करिब साढे १२ बजे मृत्यु भएको हो।

जिपले ओलीलाई मंगलबार साँझ साढे ६ बजे ठक्कर दिएको थियो। ठक्कर दिने जिप र चालक प्रहरीको नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu